स्वास्थ्य चौकी भवन उद्घाटन

२ आश्विन २०७५, मंगलवार १०:४०

 

अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा न ५ मा रहेको असुरकोट स्वास्थ चौकी को नवनिर्मित भवन को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

 

उद्घाटन समारोह मा भुमिकास्थान नगरपालिका का प्रमुख रेशम थापा ले स्वास्थ क्षेत्रमा नगरले धेरै लगानी गरेको हुदा यस बाट कोहि पनि बञ्चित हुन नपर्ने बताएका छन ।

त्यस्तै नगर उप प्रमुख खडानन्द बेल्वासे ले स्वास्थ को पहुँच नपुगेका हरु सम्म पनि स्वास्थ को पहुँच पुराउने र यसका निम्ति नगर ले उचित बजेट छुट्टाउदै स्वास्थ मा लगानी गर्ने बताएका थिए ।

समारोहमा नेकपाका भवानी घम ,नेपाली कांग्रेसका बिष्णु श्रेष्ठ जनमोर्चाका हिमलाल बन्जाडे स्वयंसेविका कमला बन्जाडे लगाएत ले मन्तव्य राखेका थिए । वडा अध्यक्ष तुल्सिराम वेल्वासेको अध्यक्षता धन बहादुर पुन को स्वागत मन्तव्य स्वास्थ्य चौकी इन्चार्ज शिशिर रिजालको सञ्चालनमा सम्पन्न भएको हो।