सिंगापुर विरुद्ध नेपालको सानदार जित

१७ भाद्र २०७५, आईतवार १३:५१

काठमाडौं । एसियाकप छनोटको सिंगापुरसंगको खेलमा नेपालले जित हात पारेको छ । यो नेपालको दास्रो जित हो । यससंगै नेपाल फाईनल पुग्ने चिmनो आशा पनि पलाएको छ । नेपालले सिंगापुरसंग ४ विकेटले जितेको हो ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३(३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेको र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।