सरकार तानाशाह बन्यो : भण्डारी

२६ भाद्र २०७५, मंगलवार १८:०६

 

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

मंगलवार नेपाल प्रेस यूनियन गुल्मीको ७ औं जिल्ला अधिवेशनको तम्घासमा उद्घाटन गर्दै भण्डारीले पत्रकारिता र मेडिकल क्षेत्रलाई ध्वस्त पारेर सरकारले तानाशाहा प्रवृति देखाएको आरोप लगाएका छन ।

नेता भण्डारीले कांग्रेसको सरकारको पालाको जति वजेट गुल्मीमा ल्याए अहिलेका मन्त्रीलाई आजीवन सांसद बनाइदिने भन्दै व्यङग्य समेत गरे ।

गुल्मी सदरमुकाम तम्घासमा सुरु भएको युनियनको अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।