सभापतिलाई शक्तिशाली बनाउनु हुदैनः महामन्त्री खड्का

११ आश्विन २०७५, बिहीबार १०:२२

 

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहेका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने जानकारी दिए ।

उनले पुरानो विधानअनुसार केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनीत गर्नेजस्ता सुझावलगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने बताए ।

महामन्त्री खड्काले संविधानले व्यवस्था गरेअनुसार माथिदेखि तलसम्म समावेशी, समानुपाति रुपले विधान संशोधन गरिने बताए ।