संसद् सचिवालयको प्रवक्तामा डा पाण्डे

१० आश्विन २०७५, बुधबार १४:२६

 

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाएका छन् ।

संसद् सचिवालाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सहसचिव डाभरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो ।