संसदीय समितिमा महिलाको वर्चस्व, हेर्नुहोस् कुन कुनमा महिला ?

५ आश्विन २०७५, शुक्रबार ०७:३७

काठमाडौं । संसदिय सुनुवाई समितीमा महिलाको वर्चस्व छ । महिलाले प्रतिनिधिसभाका १० विषयगत समिति मध्य ६ वटामा महिला सभापति निर्विरोध निर्वाचित भएका छन्। सबै समितिका सभापति पदका लागि एकल उम्मेदवारी परेको थियो। बिहिबार समितिहरुमा एकल उम्मेदवारी दर्ता भएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभामा जेनतेन ३३ प्रतिशत महिला सहभागिता भए पनि मिनी ससद मानिने संसदीय समितिमा भने बहुमत महिला नेतृत्वमा आएका छन्। १० समिति मध्ये ६ मा महिला सभापति हुने पक्का भएको हो।

निरु पाल महिला तथा समाजिक समिति, पूर्णकुमारी सुवेदी कृषी सहकारी तथा प्राकृतिक स्रोत, पवित्रा निरौला अन्तर्राष्ट्रिय सम्बध समिति, शशी श्रेष्ठ राज्यव्यवस्था तथा सुशासन समिति, कल्याणकुमारी खड्का विकास तथा प्रविधि समिति तथा शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती रहेका छन्।