शिक्षा मन्त्रालयकै कर्मचारीले पाएनन् दुई महिनादेखी तलब

२८ भाद्र २०७५, बिहीबार ०८:३०

काठमाडौं । अन्य ठाउँका कर्मचारलिे तलबक नपाउनु् भनेको कुनै कारण बस ढिलाई भएको हुन सक्ने अनुमान गरिन्छ । तर, सुन्दा पनि एकदमे अचम्म लाग्ने कुरा हो यो । अरुको लागी तलब बनाउने त्यो भन्दा पनि मन्त्री तलब सम्मको हिसाब गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्।


त्यति मात्रै होइन भर्खरै गठन भएको शिक्षा विकास तथा मानव स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्र र स्थानीय तहमा गएका शिक्षाका करिब साढे ३०० कर्मचारीले तलब पाएका छैनन्। मन्त्रालयका करिब १००, पाठ्यक्रम विकास केन्द्रमा १०१ र स्थानीय तहमा गएका गरी शिक्षाका करिब ३५० कर्मचारीले तलब नपाएका हुन्।

तलब दिने विषयमा मन्त्रीले चासो नदेखाउँदा समस्या भएको कर्मचारीको भनाइ छ। तलब उपलब्ध गराउने निकाय भने सबै निकायका प्रमुखले कर्मचारी समायोजन हुन बाँकी रहेकाले तलब दिन नसकेको बताएको छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले केही दिनभित्र सबै कर्मचारीले तलब पाउने बताए। (नेपाल समाचारपत्र)