राष्ट्रसंघीय महासभामा भाग लिय न्युयोर्क जाँदै प्रधानमन्त्री

२० भाद्र २०७५, बुधबार ०८:०२

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली न्युयोर्क जाने भएका छन् । प्रधानमन्त्री ओली उक्त महासभासमा भाग लिन यहि असोजको पहिलो साता त्यस तर्फ प्रस्थान गर्न लागेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

समाचार अनुसार महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा प्रधानमन्त्री नेतृत्वको नेपाली टोली सहभागी हुनेछ । महासभाको औपचारिक आरम्भ असोज २ गते हुनेछ तर उच्चस्तरीय सम्बोधन भने असोज ९ देखि राखिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल जाने एक अधिकारीले बताए। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री नेतृत्व उच्चस्तरीय टोली नै न्युयोर्क जान तयार भइसकेको जानकारी दिए।

‘नेपालको संविधान जारी भइसकेकोपछि सम्पन्न तीनै तहको निर्वाचनपछि बनेको सरकार र राष्ट्रले समृद्धिका लागि चालेको कदमबारे विश्व समुदायलाई जानकारी दिन प्रधानमन्त्रीस्तरमै महासभामा जान आवश्यक रहेको सरकारले महसुस गरेको छ’, मन्त्री ज्ञवालीले भने।