माधव नेपाल बिदेश भ्रमण उडे

३ आश्विन २०७५, बुधबार १५:५०

 

,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपाल साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।

सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा हुन लागेको साम्राज्यवाद र पुँजिवाद विरोधी सम्मेलनमा नेकपाको सहभागिता जनाउन नेपाल त्यसतर्फ प्रस्थान गरेको उच्च स्रोतले बताएको छ ।