मकवानपुरमा चट्याङ बालकको मृत्यु, दुईजना घाइते

२२ भाद्र २०७५, शुक्रबार ०९:०२

सांकेतिक फोटो

हेटौंडा । मकवानपुरमा विहिबार विहान परेको बिहानैदेखि परेको पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
विहिबार विहानै देखी लगातार भएको बर्षा र हावाहुरीसंगै चट्याङ परेको थियो । चट्याङमा पर मृत्यु हुनेमा हेटौंडा उपमहानगपालिका–१३ पदमपोखरीका ११ वर्षीय बाालक रोजन लामा रहेका छन् । आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर ति बाललको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिंगनाका ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौंडा उपमहानगरपालिका–७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन् ।

लुईटेल खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ ।