भिरालोका घर भासिए

२४ भाद्र २०७५, आईतवार १२:५३

 

काठमाडौं । यसै साता बूढानीलकण्ठ नगरपालिका तुसालमा डाँडाको एउटा भाग नै भासिएकाले त्यहाँका कम्तीमा १५ घरपरिवार विस्थापित भएका छन । भासिने क्रम अझै बढ्ने खतरा छ । भिरालो जमीनमा प्लटिङ गरेर बस्ती बसाल्नु अहिले आएर अभिशाप सावित भएको छ ।

अव्यवस्थित सहरीकरणले निम्त्याउने अनेकन समस्यासँगै जथाभावी गरिने प्लटिङ र हाउजिङ निर्माणले काठमाडौंलाई व्यवस्थित हैन, जोखिमयुक्त बनाउँदैछ । यो बारेमा सवै सचेत हुनु पर्ने आवश्यकता देखिएको छ । यो घटनाले धेरै मान्छेको चेत खुल्नु पर्ने अवस्था देखिएको छ । काठमाण्डौमा बसोवास गर्नेहरु क्रम बढदो छ । बढदो जनघनत्वका कारण काठमाण्डौ शहर धेरै जोखिम बन्दै गएको छ ।

काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जमीन भेट्नै मुस्किल पर्न थालेको छ । सबै घर बनेर भरिएका छन । जसरी पनि काठमाडौंमै घर बनाउने सपना देखेकाहरुलाई काँठ क्षेत्रको जमीन विकल्प बनेको छ ।

सर्वसाधारणको यही मानसिकता बुझेर भू(माफियाहरु काँठ क्षेत्रका भिरालो जमीनमा प्लटिङको धन्दा चलाइरहेका छन् । सरकारले खेतीयोग्य जमीनमा प्लटिङ गर्न रोक लगाएपछि भूमाफियाहरुको आँखा भिरालो जमीनतर्फ गएको हो । सिंगै पाखो नै किनेर त्यसमाथि डोजर चलाउने प्रवृत्ति रोकिएको छैन ।

काठमाडौंमा खाली जमीन सकिँदै जाँदा विना मापदण्ड वरपरका डाँडापाखा नै मासेर घर बनाउने चलन बढेको छ । कंक्रिटको जंगल छाडेर प्राकृतिक जंगलको छेउमा घर बनाउने सपना देख्नेहरुलाई यस्ता काँठ क्षेत्रका प्लटिङ बरदान जस्ता लाग्छन् । तर, बास्तविकता भने त्यस्तो छैन । यसरी गरिएका प्लटिङले काठमाडौंमा विपदको जोखिम निम्ताउने सम्भावना उच्च छ ।

उनका अनुसार माटो काटेर, पुरेर प्लटिङ गर्दा जमीन सम्याएजस्तो देखीए पनि पुरिएका भित्री भागमा खाली ठाउँ अर्थात भ्वाङ पर्छन् । माटो खाँदिएको हुँदैन । प्लटिङ सकेर बेच्नासाथ माथिल्लो भागमा घर निर्माण सुरु हुन्छ, जसका कारण खँदिलो नभएको पुरुवा माटोयुक्त जमीनमा चाप पर्छ । फलस्वरुप बालुवाभित्रको भ्पाङ पुरिने गरी जमिन भासिन्छ र प्लानिङ गरिएको प्लटिङ क्षेत्र जोखिममा छन ।

भूकम्पीय दृृष्टिले काठमाडौं विश्वकै बढी जोखिमयुक्त क्षेत्र हो । सरकारले समथर क्षेत्रमा बसेका वस्तीका घरहरुलाई त मापदण्डमा राख्न नसकेका बेला काँठ क्षेत्रका घरमाथि निगरानी राख्नसक्ने अवस्था छैन ।

तर, काठमाडौंका थानकोट, सुन्दरीजल, फर्पिङ, सीतापाइला, नागार्जुन, रामकोट, बालाजु, टोखा, बूढानीलकण्ठ, साँखु, किर्तिपुर, मातातिर्थ लगायतका क्षेत्रमा भीरालो जमिनमा प्लटिङ गरेर बस्ती बसाउने काम भइरहेको छ ।

काठमाडौंबाहेक भक्तपुरका भिरालो क्षेत्रमा पनि डोजर चल्ने क्रम रोकिएको छैन । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकासहित चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी, नगरकोटका भिरालो क्षेत्रमा प्लटिङ गरेर बस्ती बसाउने क्रम बढ्दो छ ।

यस्ता स्थानमा घर बनाएका र घडेरी जोडेकाहरुलाई टुसालको घटनाले पक्कै पनि झस्काएको हुनुपर्छ ।

धेरै क्षेत्रमा भिरालो स्थानमै हाउजिङहरु बनाइएका छन् । यस्ता भिराला ठाँउहरुमा घर बनाउदा धेरै जोखिम हुने खतरा छ ।

कतिपय स्थानमा ठूलो पहिरोको छेवैमा पनि हाउजिङ र प्लटिङहरु खडा गरिएका छन् । पहिरोको रोकथामका लागि खासै खर्च गरिएको छैन ।

काठमाडौंमा जनसंख्या बढ्दै जाँदा तीव्र दोहनको कारण भूमिगत पानीको सतह पनि कमजोर हुँदै गएको छ । यसका कारण पनि पहाडको फेदीसम्म नै पानीको तह घटेको छ । पानीको सतह जति मुनि जाँदैछ, त्यति नै काठमाडौंको भूगर्भ कमजोर हुँदैछ । यही कारण वस्तीहरु भासिने खतरा पनि उच्च हुँदै गएको छ ।

‘काँठ क्षेत्रमा रहेको हरियाली मास्दै गए उपत्यका कंक्रिटको जंगल बन्नेछ । यत्रो जनघनत्व भएको क्षेत्रमा वरपरको हरियाली नहुँदा भविष्यमा उपत्यकामा भूक्षयको खतरा छ ।

०७२ सालको महाभूकम्पपछि सरकारले राष्ट्रिय भू(उपयोग नीति जारी गरे पनि त्यसको कार्यान्वयन भएकै छैन । भूउपयोग नीतिमा कुन ठाउँको जमीन कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने तोकिएको छ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले राष्ट्रिय भूउपयोग आयोजना अन्तर्गत उपत्यकासहित २२ वटा तराईका र १० वटा पहाडका गरी ३५ वटा जिल्लाको भूउपयोग नक्सासमेत तयार पारेको छ । खानी तथा भूगर्भ विभागले पनि काठमाडौंमा कुन क्षेत्र वस्ती बस्न कति योग्य छन् भनेर नक्सा तयार गरेको छ । तर, यस्ता रिपोर्ट र नक्सा सरकारी दराजमै थन्किएका छन् ।