बोक्सी मुद्धा मिलाउन जनप्रतिनिधी नै सक्रिय

२२ भाद्र २०७५, शुक्रबार ०८:५२

दाङ । दाङमा जनप्रतिनिधीकै रोहबरमा बोक्सी मुदा लिाईएको छ । दाङको तुल्सीपुर नगरपालिका १० की भुमा लाकिछानेलाई स्थानीयले बोक्सी आरोप लगाउदै कुपिट गरे । स्थानीयको कुटपिटबाट घाइते बनिन् । तर ,
आफूमाथि कुटपिट गर्ने बिरुद्ध किटानी जाहेरी दिन भने सकिनन् । उक्त घटनालाई उपमहानगरपालिकाकै केहि वडाध्यक्षहरुको रोहवरमा एक लाख रुपैयामा मिलाइएको छ ।

भुमाले आफू भोलि असुरक्षित रहने बताउँदै दोषी बिरुद्ध जाहेरी दिन नमानेपछि १ लाख रुपैयामा घटना मिलाइएको हो । तुलसीपुर–१० बस्ने भुमा लामिछाने बोक्सीको आरोपमा गत शनिबार कुटिनुभएको थियो । भुमालाई आफ्नै सासू, आमाजू र छिमेकी महिलाहरुले समेत बोक्सीको आरोप लगाउँदै आएका थिए । गत शनिबार तुलसीपुर–८ दुधेनाकी माता भनिने गीता न्यौपानेले बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गरेपछि भुमाकै घरपरिवार र छिमेकीहरु पनि भुमामाथि खनिए । कुटपिटबाट घाइते भएकी भुमाले उपचारबाफत् भन्दै मंगलबार १ लाख रुपैया लिएर माइत फर्किएकी छिन् ।

भुमाको श्रीमान क्यान्सर पीडित छन् । क्यान्सरबाट पीडित भई अन्तिम अवस्थामा पुगेका श्रीमानलाई झारफुकका लागि भन्दै तुलसीपुर–८ बस्ने माता भनिने गीता न्यौपानेको घरमा पु¥याइएको थियो । एक वर्षदेखि झारफुक गर्ने काम गर्दै आएकी गीताले भुमालाई बोक्सीको आरोप लगाएपछि भुमामाथि कुटपिट भएको हो । बोक्सी लागेर ससुराको मृत्यु भएको र अहिले आफ्नै श्रीमानमाथि पनि बोक्सी लागेको आरोपमा आफूमाथि कुटपिट भएको भुमाले बताईन । उनले आफूलाई तातो त्रिशुलले डामेको, गम्भीर घाइते हुने गरी कुटपिट गरेको भुमाले बतार्एकी छिन ।