बिमस्टेक सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनायो प्रधानमन्त्री केपी

१९ भाद्र २०७५, मंगलवार १५:०७

 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छोटो समयमा विमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर अन्तर्राष्ट्रिय जगतमा नेपालको क्षमता प्रष्टिएको बताएका छन् ।

kp oli

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधनामन्त्री ओलीले यति छोटो समयमा शिखर सम्मेलन सम्पन्न गर्न सक्नु नै नेपालको सफलता भएको बताए । उनले यो सफलता हामी सवैको भएको पनि बताए ।

उनले सम्मेलनले उर्जा उत्पादनमा नेपालमा सहयोग पुग्ने भन्दै नेपालले विद्युत उत्पादन गरेर म्यानमार लगायतका देशमा बेच्न सक्ने वातावरण बनेको दावी गरे ।

उनले सम्मेलन सफल पार्न सकेकोमा नेपालको प्रतिष्ठा र सामथ्र्य अझ बढेको दावी पनि गरे ।

‘क्षेत्रीय कुटनीति, तटस्थ परराष्ट्र नीति बढि मुखरित भएको छ । डेढ महिनाको अवधिमा यति भव्य रुपमा सम्मेलन सम्पन्न गर्नु असम्भव जस्तै हो । जसले हाम्रो क्षमता र कुशल कुटनीतिक क्षमता देखिएको छ ।’ उनले विमस्टेकको चौथो शिखर सम्मेलनको घोषणापत्रले पञ्चशिलता, राजनीतिक स्थिरता लगायत सहयोग आदान प्रदान गर्न महत्वपुर्ण हुने पनि बताए ।

विमस्टेकका परियोजनाहरुले सबै पक्षलाई समेट्ने भन्दै फण्ड स्थापना गर्ने, स्रोत साधन परिचालन गर्न १४ क्षेत्रलाई पुनःसंरचना गर्ने, कुटनीतिक पहल, बुद्ध सर्किट, प्रविधि हस्तान्तरण र सांस्कृतिक आदान प्रदान गर्न जारी घोषणापत्रमा समेटिएको प्रधानमन्त्रीको भनाई छ । उनले घोषणापत्रबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वाश समेत लिए ।