बाराको परवानीपुरमा मकालु केमिकल्समा आगलागी

१ आश्विन २०७५, सोमबार ११:००

 

काठमाडौं – बारा जिल्लाको परवानीपुरस्थित मकालु केमिकल्सको स्टोरमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केमिकल्सको स्टोरमा आगलागी भएको हो । विश्वकर्मा पूजाका कारण कार्यालय बन्द भएकाले विस्तृत वितरण प्राप्त हुन नसकेको प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताइन्