फेसियल हाउसको दर खाने कार्यक्रम सम्पन्न

२६ भाद्र २०७५, मंगलवार ११:१२

काठमाण्डौ,

फेसियल हाउसले नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको उपलक्ष्यमा तिजको दर खाने कार्यक्रम एक समारोहका बीच भब्यरुपमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बरिष्ठ सौन्दर्यविद तथा नेपाल सौन्दर्य कला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ, डा राजश्री श्रेष्ठ , सौन्दर्य बिद सीता पाठक, नेपाल ब्युटिसियन संघ अध्यक्ष भगवति खडका, साल्टटेडिगं कर्पोरेसन सिईओ उर्मिला श्रेष्ठ, डाइमन सोसाईटी अध्यक्ष पिकंकी गुरुड, सौन्दर्य विद शशि शाही , सुस्मा ईन्टरनेस्नलका प्रवन्धक सुस्मा कार्की , रुस्का श्रेष्ठ , लक्ष्मी महत, बर्षा मिश्र ,रचना शाक्य , कमला लामीछाने, सोनीका रोकाय, शारदा क्षेत्री, सुनिता अर्याल, रेनु शाक्य सरीता हमाल, पूजा श्रेष्ठ, हिमाली ढुंगेल, कल्पु शाही , दीप ज्योति थापा, शिलु, अनु गौचन, रेनु श्रेष्ठ , अनिशा, सुनिता र फेसियल हाउसका परिवार लगायत धेरैको उपस्थिती थियो ।

फेसियल हाउसले आयोजना गरेको उक्त कार्यक्रम हरितालीका २०७५ सालको शुभ अवसर पारेर भब्य र सभ्य तरिकाले दर खाने तथा नाँच्ने रमाउने कार्यक्रम सम्पन्न गरेको छ । फेसियल हाउसकी प्रमुख सुस्मा महराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।