प्रेमीसंग मिलेर श्रीमतीले नै गरिन् श्रीमानको हत्या

२५ भाद्र २०७५, सोमबार १०:१७

 

अर्घाखाँची – गएको भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२, बस्यालटोलामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित हत्यामा संलग्न भएको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको हत्या गरेर फाल्ने उनकै श्रीमती राधा बस्याल, राधाका प्रेमी रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा बसुन्धरा बस्याललाई प्रहरीले सार्वजनिक गरेको हो ।