नेपाल जस्तो गरिब मुलुकले संघीयता धान्नै सक्दैनः केसी

२९ भाद्र २०७५, शुक्रबार ०९:०३

धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो गरिव देशले सङ्घीयता धान्नै नसक्ने बताएका छन् । उनले धनगढीमा पुगेर उक्त कुरा बताएका हुन ।

संघीयता यति बेला मुलुकलाई घाँडो भएको भन्दै केसीले संघीयता खारेज गनु पर्ने बताएका छन ।

‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन्’, अध्यक्ष केसीले भने, ‘केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा छ ।ु