नेपालसंग नौ हजार मेघावाट विद्युत खरिद गर्दै बंगलादेश

२२ भाद्र २०७५, शुक्रबार ०८:०८

काठमाडौं । बंगलादेशले नेपालसंग विद्युत किन्न लागेको् समाचार आजको कारोवार दैनिकमा छ ।समाचार अनुसार बंगलादेशको सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ ।

ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ ।