नेपालमै ध्यायन गरेका डाक्टर बढि उतीर्ण

२२ भाद्र २०७५, शुक्रबार ०७:३२

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाईसेन्स परिक्षामा नेपालमै अध्यायन गरेका डाक्टर बढी पास भएका छन् । तर, लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा फेल भएका छन्। परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाको तुलनामा बढी उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर उत्तीर्ण पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये दुई सय १२ जना अनुत्तीर्ण भएको भन्ने खबर नागरिक दैनिकमा छ। मेडिकल काउन्सिलको परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर आएका नेपाली युवा बढी अनितीर्ण हुने गरेका छन। यस्तै भारतमा डेन्टल सर्जरी पढेर आएका युवा सबैभन्दा बढी अनुर्तीर्ण हुने गरेका छन्।