दशैको लागी २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्रने

२८ भाद्र २०७५, बिहीबार १३:०३

 

काठमाडौं । दशैंको लागी नेपाल खाद्य संस्थानले यस वर्ष विगतको भन्दा बढी संख्यामा २ हजार खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्रयाउने भएको छ । हरेक वर्ष दशैंमा उपभोक्तालाई सहुलियत दरमा खसीबोका उपलब्ध गराउँदै आएको संस्थानले यस वर्ष २ हजार खसी बोका च्याङ्ग्रा ल्याउँदैछ 

बजारमा कृत्रिम अभाव सिर्जना गरी मासुको मूल्य बढाउन सक्रिय बिचौलियालाई निरुत्साहित गर्न दसैंमा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गरिएको संस्थानले जनाएको छ ।

संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्छ । यस वर्षको घटस्थापना असोज २४ गते परेको छ । खसीबोका र च्यांग्रा संकलन सकेर काठमाडौं ल्याएपछि मूल्य तोकिने बताइएको छ ।