डिभर्नामा शव फेला

१८ भाद्र २०७५, सोमबार १७:०४

 

अर्घाखाँची , अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाको बस्यालटोलामा बेवारिसे शव फेला परेको छ ।

 

 

चिलिया थुम, सल्लिकोट स्थित बस्यालटोल नजिकको जंगल खाल्डोमा परिचय नखुलेको बेवारिसे शव फेला परेको छ । परिचय नखुलेको उक्त मानिसको घाटीमा डोरी र खुट्टामा चोट लागेको छ । साथै शवमा किरा परेका छन् ।

स्थानियबासीले बेवारिसे शव देखेपछि प्रहरीलाई फोन गरेका थिए । प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।

शव अन्दाजी ३०, ३५ वर्षको जस्तो देखिन्छ । साथै प्रहरीले घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल अर्घाखाँची लगेको छ ।