जिवितै उद्दार गरिएकी डोल्मालाई काठमाडौं ल्याइयो

२३ भाद्र २०७५, शनिबार १८:५२

काठमाण्डौ, नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।

सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको छ । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहा उपचार भइरहेको छ ।

मौसमका कारण मृतकका शव ल्याउन कठिनाई भइरहेको प्राधिकरणले जनाएको छ ।