गौरा पर्व मनाउने क्रममा नाच्दानाच्दै ढलेर एक महिलाको मृत्यु

१९ भाद्र २०७५, मंगलवार १०:०४

 

बुटवल । गौरा पर्व मनाउने क्रममा नाच्दै गर्दा ढलेकी एक महिलाको मृत्यु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ६ मा यसपालीको श्रीकृष्ण जन्माष्टमीको दोश्रो दिन रथ यात्रा निकालिएको थियो ।

सवै जना निकै उल्लासमा थिए । त्यो उल्लास क्षणभर मै रोदनमा परिणत भयो । सोही वडा चेक्मी गाउँकी देवी मरासीनी नाच्दानाच्दै दिउँसो करिब ४ बजेतिर एक्कासी भुइँमा ढलिन् ।

चक्कर आएर होला भनेर उनलाई पानीले छ्याप्ने र पिलाउने गरे । उनको होस नआएपछि उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भयो ।

६१ वर्षीया मरासनीका श्रीमान जीवलाल मरासीनी, ३ छोेरी र एक छोरा रहेका छन् ।