कान्तिबाल अस्पतालमा एकै जनाको एक्स–रे गर्न ४ घण्टा

२२ भाद्र २०७५, शुक्रबार ०७:२०

काठमाडौं । बालबालिकाहरुको मात्र स्पेशल उपचार गर्ने मुलुककै एकमात्र अस्पताल कान्तिबाल अस्पतालले एक जनाको मात्रै एक्स–रे गर्न चार घण्टा लगाएको छ ।
अस्पतालले प्रयोग गरिरहेको डिजिटल एक्स–रे मेसन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्था नहुँदा यति लामो समयसम्म विरामीहरुले समस्या खेप्लु परेको हो ।

१५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको समाचार नयाँ पत्रिका दैनिकमा छ। अस्पतालका निर्देशक डा. गणेश राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरे मेसिनले चार घण्टामा एक जनालाई मात्र सेवा दिने गरेको छ। तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घण्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ।