एक रुपैया अमेरिकी डलर किन्न ११४ रुपैया बढी तिर्नुपर्ने

१९ भाद्र २०७५, मंगलवार ०६:५७

काठमाडौं । अमेरिकी डलरको भाउ लगातार बढिरहेका कारण नेपाली पैसालाई महंगो परेको छ । हाल एक रुपैया अमेरिकी डलर किन्न नेपाली रु ११४ रुपैया २४ पैसा तिर्नुपर्ने हुन्छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ एकदमै कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यो समाचार आजको कान्तिपुर दैजिकमा छापिएको छ । समाचार अनुसार यही मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो।

मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४ पैसा तोकेको छ।

यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर ११३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको छ।

पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्र देखिएको तीव्र आर्थिक सुधारले विश्व बजार डलर बलियो बन्दै गएको जनाउँदै राष्ट्र बैंक विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलरबन्दै जाने अनुमान गरे।