उपराष्टपति स्वदेश फिर्ता

९ आश्विन २०७५, मंगलवार ०६:३८

उपराष्टपति नरेन्द्र बहादुर पुन मित्रराष्ट चिनको ६ दिने औपाचारीक भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । चिन भ्रमणको क्रममा सिचुवान प्रान्तको छेन्दुमा संचालित १७औं
पश्चिम चिन अन्तराष्टिय मेला र एक क्षेत्र, एक मार्ग बि आर आई सम्बन्धीत ब्यवसायिक समुदायको कार्यक्रममा सहभागी भएका थिए । उपराष्टपति पुनले सिुचुवानमा संचालनमा रहेका विभिन्न विकाश परियोजना साथै विभिन्न क्षेत्रको अवलोकन भ्रमण सम्म गरेका थिए । पुनले चिनका उपप्रधान मन्त्री चिनिया कम्युनिष्ट पार्टिका सिचुवान प्रान्तका सेक्रेटरी सरकारी प्रतिनिधि सँग स्रिष्टाचार भेट बार्तामा दुई देश बिचको आपसी हितका बारेमा छलफल समेत गरेका थिए ।