आयातित चिनी सस्तो, नेपालमा उत्पादित महंगो, पढ्नुहोस् यस्तो छ मुल्यमा भिन्नता

२७ भाद्र २०७५, बुधबार ०७:४८

काठमाडौं । चिनीको आयात रोक्दा नेपालमा चिनी महंगीदै जाने देखीन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ । समाचार प्रधानमन्त्री केपी ओलीले नेपालमा चिनी आयात रोक्न अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
तर, नेपाली चिनी अहिले पनि बजारमा महंगो मुल्यमा बिक्रि हुदै आएको छ । यदि नेपालमा चिनी आयात रोक्ने हो भने यो समस्या अझ बढ्ने देखिन्छ ।
कान्तिपुर लेख्छ्, चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालका अनुसार उनको कारखानाबाट प्रतिकिलो ६३ रुपैयाँमा चिनी बिक्री हुन्छ। बजारमा भने खुद्रा मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ।
यही बिचमा प्रधानमन्त्री केपी ओलीले चिनी आयात रोक्ने अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

यदि चिनीको आयात रोकिने हो भने बजार मूल्य प्रतिकिलो ७० भन्दा बढी पर्ने व्यवसायी बताउँछन्। कान्तिपुरमा समाचार छ, स्वदेशी चिनी उद्योगले यहाँ उत्पादित चिनी बिक्री नभएको र किसानालाई पनि भुक्तानी दिन नसकेकाले आयात बन्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि उनले आयात रोक्न निर्देशन दिएका थिए।

‘सम्बन्धित क्षेत्रका माननीय, उद्योगी किसानका नेतासहित प्रधानमन्त्रीसँग भएको छलफलमा आवश्यकताभन्दाबढी चिनी आयात रोक्ने सहमति भएको थियो’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने।