हाम्रो तुलसीपुर राम्रो तुलसीपुर

६ भाद्र २०७५, बुधबार १७:११

दाङको तुलसीपुर उपमहानगरपालिकाले हरितकरण अभियान सञ्चालन गरेको छ । उक्त नगरपालिकालाई हरियो नगरपालिकाको रुपमा विकाश गर्ने उद्दश्यका साथ यस्तो अभियान थालिएको हो ।

नगरपालिकाले ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ अभियानअन्तर्गत सडकका किनारहरुमा विभिन्न प्रजातिका बोटबिरुवा लगाएको छ ।

उपमहानगरपालिकाले अहिलेसम्म बजारक्षेत्रमा रहेका मन्दिर, क्याम्पस, कार्यालय परिसरमा गरी विभिन्न प्रजातिका चार हजार बढी बिरुवा रोपिसकेको जनाएको छ ।

अभियानको शुरुवात गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य र सुन्दरताको लागि सबैले बोटबिरुवा लगाउनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय सरसफाइ अभियानका साथमा बिरुवासमेत लगाउँदै आएको छ । यो अभियानअन्र्तगत नगरका सम्पूर्ण सडकमा बिरुवा लगाइने छ ।