सरकारी विद्यालय प्रति अभिभावकको रुचि घट्दो

३ भाद्र २०७५, आईतवार १७:५३

भदौ ३, काठमाडौं ।

सरकारी विधालयमा बढाई गर्ने विध्यार्थीहरुको संख्या पछिल्लो समय कम हुदै गएको पाईन्छ । सरकारी विधालयको नतिजा नआउने भएकाले सरकारी विधलयमा पढाउन छोडेर सामुदायिक विधालयमा केटाकेटी पढाउन थालेपछि यस्तो समस्या आएको भएको हो । अहिले सरकारी विद्यालयमा सर्वसाधारणले आफ्ना केटाकेटीलाइ पढाउन छोडेका छन् ।

पढाईको राम्रो व्यवस्था नहुने भएकाले पनि अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई सरकारी विद्यालय पढाउन छोडेका हुन । यसको मारमा प्रदेश ७ को डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको पुर्णागिरी विद्यालय पनि परेको छ । कक्षा ५ सम्म मात्र पढाई हुने उक्त विद्यालयमा ४ जना शिक्षक र ३ विद्यार्थी रहेका छन् । अहिले ति ३ जना विद्यार्थीहरुले पनि विद्यालय आउन छाडे पछि शिक्षकहरुलाइ विद्यालयमा बसेर तलब खान बाहेक केहि काम छैन । उनीहरुले विद्यालय आउन छाडेको पनि महिनौ वितेको छ । सदरमुकामबाट मात्र तीन किलोमिटर दूरीको उक्त विद्यालयमा विद्यार्थीहरु आउन छाडेपछि शिक्षकहरुलाई तनाब बढेको शिक्षकहरु बताउछन् ।

जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ ।

विद्यालय गाउँ नजिकै छ । विद्यार्थीहरुलाई आवत जावत गर्न पनि कठिन हुदैन । तर, अभिभावकहरुले निजि विद्यालयमा मात्र विद्यार्थी पढाउने गरेका सरकारी विद्यालयमा नपठाउने गरेकाले उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझाले बताईन । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टको भानई छ ।

जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ ।

पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असीग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई÷तीन विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् ।

यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक शुरतबहादुर रावल बताउँछन् । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ ।