चितवनमा २ किसोरी बलात्कृत, एक किसोर सहित ७ जना पक्राउ

४ भाद्र २०७५, सोमबार १६:५१

भदौ ४, २०७५ काठमाडौं ।  चितवनमा दुईजना किसोरी सामुहि बलात्कृत भएकी छिन् । उनीहरु दुबैजना छुट्टा छुट्टै स्थानमा बलात्कृत भएकी हुन । उक्त दुई घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरु मध्य ५ जनाले प्यूठान घर भइ हाल भरतपुर ११ मा बस्दै आएकी १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोप छ ।

यस घटनामा संलग्न रहेको आरोपमा नवलपुर गैंडाकोट नगरपालिका ४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः २९ का ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षिय किसोर रहेका छन् । उनीहरुलाई प्रहरीले गएको भदौ १ गते परेको उजुरीका आधारमा पक्राउ गरेको हो । घटना साउन ३० गते भएको थियो ।

पक्राउ परेका युवकहरु भरतपुरकै एक पानी उद्योमा काम गर्दै आएका थिए । उनीहरुले मादक पदार्थ सेवन गरेर किसोरीलाई बलात्कार गरेको प्रहरुीले जनाएको छ। प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिएपनि थप जानकारी अनुसन्धानपछि मात्र हुने उनले बताए ।

घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । तर, रिर्पोट भने आइनसकेको प्रहरीले जनाएको छ । यस्तै चितवनकै माडिमा अर्कि एक किसोरी बलात्कृत भएकी छिन् । चितवनको माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । यहि भदौ १ गते नियन्त्रणमा लिएर छानविन थालेको थियो । उक्त घटनामा पक्राउ पर्नेमा माडी नगरपालिका ३ का २३ वर्षे रामप्रताप महतो र सोही ठाउँका २४ वर्षिय नवराज महतो रहेछन् । उनीहरुले आफ्नो घर जाद गरेकी ति किसोरीलाई मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।