प्रतिनिधिसभा नियमावलीमा भित्रै रहन सांसदलाई सभामुखको निर्देशन

११ भाद्र २०७५, सोमबार ०६:५७

सांसदहरुलाई मर्यादित हुन सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन् । । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । समाचारमा प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद अनिलकुमार झा. विशेष समयमा बोलिरहँदा कांग्रेस सांसद शशांक कोइराला उनको अगाडि हुँदै बाहिरिएपछि सभामुखले सांसदहरूलाई सचेत गराएको जनाईको छ .

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (६) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने व्यवस्था छ ।