पक्की घरका मालिकलाई गरिब परिचयपत्र दिएको भन्दै धनगढीमा विरोध

५ भाद्र २०७५, मंगलवार १९:४६

भदौ ५, कैलाली । सरकारले बास्तविक गरिबको पहिचान गरि वितरण गर्न भनि दिएको गरिब परिचयपत्र पक्की घर र विघा जमिनका मालिकको हातमा परेको छ।

गरिबिको रेखामुनि रहेका नेपालीलाई सस्तोमा खाद्य पदार्थ दिने उद्देश्यका साथ सरकारले गरिब परिचय पत्र वितरणको अवधारणा ल्याएको थियो । तर, धनगढी महानगरपालिकाले गरिबलाई नभई धनीलाई गरिब परिचयपत्र वितरण गरेको भन्दै विरोध भएको छ । धनगढीमा उपमहानगरपालिका वडा नम्बर १२ जगेडावासीले पाउनुपर्नेले गरिब परिचयपत्र नपाएको भन्दै कार्यालयमा तालाबन्दी प्रयास गरे ।

उनले असमान तरिकाले परिचयपत्र बाँडेकोमा आक्रोस व्यक्त गरिन् । ७५ वर्षीय दत्तुराम सार्कीले गरिब परिचय वितरणमा राज्यले विभेद् गरेको आरोप लगाए । ‘मेरो एक कठ्ठा जमिन छैन’, उनले भने, ‘तर सरकारको नजरमा म गरिबमा परिन ।’

स्थानीयले ताला लगाउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । ‘जसले गरिब परिचायपत्र पाउनुपर्ने हो उनीहरुले पाएका छैन’ स्थानीय मनमाया गहतराजले भनिन्, ‘पक्की घर र विगाह जमिन भएकालाई वितरण गरिएको छ ।’

उनले असमान तरिकाले परिचयपत्र बाँडेकोमा आक्रोस व्यक्त गरिन् । ७५ वर्षीय दत्तुराम सार्कीले गरिब परिचय वितरणमा राज्यले विभेद् गरेको आरोप लगाए । ‘मेरो एक कठ्ठा जमिन छैन’, उनले भने, ‘तर सरकारको नजरमा म गरिबमा परिन ।’

सरकारले निम्न बर्गलाई लक्षित गरेर ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले विरोध जनाएका छन । उनीहरुले दैनिक वडा कार्यालयमा धर्नासमेत दिने गरेका छन् । आफ्नो नाममा एक कठ्ठा जग्गा नहुँदा पनि सरकारले गरिब परिचयपत्र नदिएको स्थानीय धर्मसिंह थापाले बताए ।

‘मेरो नाममा एक कठ्ठा पनि जग्गा छैन । ऐलानी जमिनमा बस्दै आएको छु’, उनले भने, ‘तर पनि परिचयपत्र पाइन, सरकारले कुन आधारमा वितरण गरेको हो ?’

हचुवाको भरमा लगत संकलन गर्दा गरिबले पाउनुपर्ने परिचयपत्र धनीले पाएको स्थानीयको भनाइ छ । राज्यको लापरवाहीले वास्तविक गरिबले पाउन नसकेको स्थानीय बरजंग सिंहको आरोप छ ।

सरकारले २०६९ सालमा गरेको गरिब घरपरिवार पहिचान सर्वेक्षणमा छनौट भएका घर परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने काम देशभर गरिरहेको छ । लगत संकलनका बेलामा केही त्रुटी भएकाले समस्या भएको जनप्रतिनिधिहरुको भनाइ छ ।

परिचयपत्र वितरणमा वडाको कुनै कमजोरी नभएको वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए । उनले जुनरुपमा वडामा आएको छ, त्यसै अनुसार परिचयपत्र वितरण गरिएको उनले बताए । धनगढीमा २७ हजार घर धुरीमध्ये ५ हजार ८ सय ८५ घरधुरीको गरिब परिचयपत्र आएको छ ।

देशभरका ८ वटा जिल्लामा नमुनाकारुपमा गरिब घर परिचयपत्र वितरण हुँदैछ । सरकारले २०६९ सालमा गरिबहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो ।