विराटनगर महानगरपालिकामा पाईपबाट ग्यास जडान, आज निरिक्षण गर्दै प्रधानमन्त्री

५ भाद्र २०७५, मंगलवार ०८:४३

 भदौ ५, २०७५ काठमार्डौं । मोरङको विराट नगर महानगरपालिका १४ ले १ सय ३५ घर धुरीमा पाईपबाट ग्यास गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधनमन्त्री हुँदा पाईपलाईनबाट घरघरमा ग्यास पुर्याउने योजनालाई हावा गफ भनेका थिए । तर, आजको ओलीको पाईपबाट ग्यास पुर्याउने योजना सफल बनेको छ । केहि िसिदन पहिले मात्र पाईप लाईनबाट घरघरमा ग्यास पुर्याईएको थियो ।यसको औपचारिक उद्धघाटन आज प्रधानमन्त्री ओलीले गर्ने भएका छन् ।

गोसेवा सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायोग्यास पुर्‍याएउने पहिलो चरणको काम सकिएको छ भने दोश्रो चरणको काम पनि जारी छ ।प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन् । ग्यास पाइपबाट ग्यास घर घरमा पुर्याउन कसरी सफल भयो त रु यो सबैको चासोको विषय बनेको छ ।

त्रिभुवन दाहाल विराटनगर १४ का स्थानीयवासी हुनुहुन्छ । उहाँको घरमा यतिबेला पाइपबाट ल्याइएको ग्यासबाट खाना पाक्छ । ‘विराटनगरमा निर्माण भएको यो बायो ग्यास प्राकृतिक ग्यास भएकोले राम्रो छ’, दाहाल भन्नुहुन्छ, ‘सुविधा पनि एलपी ग्यासको भन्दा बढी रहेको छ ।’

एलपी ग्यासभन्दा सस्तो पर्ने भएकोले पनि उनीहरु उत्साहित देखिन्छन् । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट पुर्‍याइएको छ ।

गौशलादेखि झण्डै ३ सय मिटर टाढा रहेका ३५ वटा घरमा पहिलो चरणमा बायोग्यास जडान गरिसकिएको गो सेवाका प्रबन्धक अशोक यादवले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन् । विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु भएसँग मंगलबार केपी शर्मा ओलीले त्यही बायो ग्यासको निरीक्षण सँगै त्यसको उद्घाटन समेत गर्ने कार्यक्रम छ ।