खबर पत्रिकाः कञ्चपुर घटनाले नित्याएको आन्दोलन

८ भाद्र २०७५, शुक्रबार ०७:५६

राजधानीबाट दैनिक प्रकाशित हुने राष्ट्रिय दैनिकहरुले आज फरक फरक शिर्षककमा समाचारहरुलाई मुख्य पृष्ठमा स्थान दिएका छन् । तर,सबै पत्रपत्रिकाहरुले कञ्चनपुरको आन्दोलनलाई विशेष स्थान दिएको पाईन्छ । कञ्चनपुरका १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनालाई प्रहरीकै मिलोमतोमा छुपाउन खोजिएको भन्दै स्थानीयले आन्दोलन थालेपछि कञ् चनपुर तनाब ग्रस्त बनेको छ । आजको सबै पत्रपत्रिकाले यसलाई विशेष स्थान दिएका छन् । यस विषयमा नागरिक दैनिकले झडपपछ महेन्द्रनगरामा कफ्र्यु शिर्षकमा यस घटनालाई छापेको छ ।

नागरिकले यो समाचारलाई नै मुख्य समाचार बनाएको छ । समाचारमा भनिएको छ्, किसोरी निर्मला पन्तको वास्तविक हत्यारा पत्तालगाउन माग गर्दै महेन्द्र नगरमा झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाउको छ । नागरिकले ग्यास छाडि गोबरतिर शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको । प्रधानमन्त्री केपी शर्मा ओली ग्यास छोडेर अब गोबर ग्यास तिर लागेको भन्दै व्यांग्यात्मक तरिकाले यस समाचारलाई छापेको छ। प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री हुदाँ देखी नै प्रचार प्रसार गर्दै आएको घरघरमा ग्यास पुर्याउने सपना पुरा भएपछि विराटनगरमा उद्धघाटन गर्दै अब घरघरमा गोबर ग्यास पुर्याउने योजना रहेको बताएका थिए । यस्तै नागरिकले एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखोको गाडि शिर्षकको समाचारलाई पनि मुख्य पृष्ठमा स्थान दिएको छ। समाचराले प्रदेश १ का अधिकांस स्थानीयतहहरुमा सर्वसाधारणलाई एम्बुलेन्सको सुविधा नभएको तर, प्रमुखले करोडौको गाडि चढ्ने गरेको कुरा उठान गरिएको छ ।

आजको नयाँ पत्रिका दैनिकले पनि प्रहरी माथि विश्वासको संकट शिर्षक दिएर कञ्चनपुरको घटनालाई मुख्य समाचरा बनाएको छ । किसोरी पन्तको बलात्कार पछि हत्या गरियो । तर, प्रहरीले नै दोषिलाई बचाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका छन् । यस्तै प्रहरीमाथि विश्वासको संकट देखापर्न थालेको दाबी गरेको छ । नयाँ पत्रिकाले कञ्चनपुरको बलात्कार, भक्तपुरको अपहरण र निरु पाल धम्की प्रकरणमा प्रहरीले गरेको अनुसन्धानलाई केलाउँदै जनतामा प्रहरीमाथि अविश्वास बढेको उल्लेख गरेको छ ।

समाचरमा निरुपाल धमकी प्रकरण शिर्षकको समाचारलाई पनि स्थान दिईएको छ । समाचारमा भनिएको । १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थीत गल्लीमा सांसद निरुदेवी पाललाई ज्यान मार्ने धम्कि दिएको खबर फैलिएपछि छानविन गडन तेस्रो दिन महानगरिय एसपी रामदत्त जोशकिो संयोजकत्वमा छानविन समिती गठन गरियो तर, २० दिन वितिसक्दापनि यसको रिपोर्ट आउन नसकेको कुरालाई उठान गरिएको छ ।

व्यस्त सक दिउसै पिच, काठमाडौंमा बढ्यो जाम शिर्षकका समाचारलाई पनि नयाँपत्रिकाले मुख्य पृष्ठमा छापेको छ । तीन हजार विश्वविदाल शिक्षक दरबन्दि शुन्य शिर्षकको समाचारलाई पनि नयाँपत्रिकाले मुख्य पृष्ठमा स्थान दिएको छ ।

आजको अन्नपुर्ण पोष्टले निगमले नयाँ गन्तव्य पाएन शिर्षकको समाचरलाई मुख्य पृष्ठमा छापेको छ। समाचरमा भनिएको छ्, नेपाल वायु सेवा निगमको वाईड वडिलाई थप अन्र्तराष्ट्रिय गन्तव्यमा उठान भर्ने योजना विफल भएको छ। दुई वटा वाईड बडि ल्याएको निगमले नयाँ गन्तव्य थप गर्ने योजनामा युरोपियन यूनियन (ईयु) ले लगाएको प्रतिबन्धका कारण नयाँ गन्त्तव्य नपाएको हो । अन्नपुर्णले पनि कञ्चनपुरको घटनालाई मुख्य समाचार बनाएको छ। आजको कान्तिपुरले मुख्य समाचार कञ्चनपुरको घटनालाई बनाएको छ। यस्तै कान्तिपुरले मिश्र प्रधानन्यायधिस सिफारिस शिर्षकको समाचारलाई पनि मुख्य समाचार बनाएको छ । यस्तै बन्द समाजतर्फ धकेलिने संशय शिर्षकको समाचारलाई पनि कान्तिपुर मुख्य पृष्ठमा स्थान दिएको छ। समाचामा २०४६ साल यताको नेपालको राजनैतिक ईतिहासले ल्याएको संकटबारे विश्लेषण गरिएको छ । अन्नपूर्णमै सोमलाल सुवेदीको एक लेख पनि छ । जसमा सुवेदीले एडीबीमा इमान्दारितापूर्वक काम गरिरहेका बेला छापामार शैलीमा सरकारले फिर्ता बोलाएको भन्दै त्यसको कारण माग गरेका छन् । आफूखुसीले एडीबीमा सहसचिवस्तरको जागिर खान गएका सुवेदीले सबैतिरबाट घेराबन्दीमा पार्दै मुख्यसचिवबाट बहिर्गमन गराइएको दाबीसमेत उक्त लेखमा गर्न भ्याएका छन् ।

आजको गोरखापत्र दैनिकले प्रधानन्यायाधीश मिश्र सिफारिस शिर्षकको समाचारलाई मुख्य पृष्ठमा स्थान दिएको छ । समाचरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा गरेको सिफारिसलाई पनि आजको छापा माध्यममा स्थान पाएको छ । वरिष्ठ न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि परिषद्ले पुनः प्रधानन्यायाधीश सिफारिस गरेको हो । यस्तै काठमाडौंमा भवन बनाउन नयाँ मापदण्ड तयार गरेकोलाई एंकर बनाएको छ भने राजधानीले निर्मला हत्या प्रकरणपछि भइरहेको प्रदर्शनलाई मुख्य समाचार बनाएर छापेको छ ।

हेर्नुहोस् यस्ता छन् आजका पत्रपत्रिकाका मुख्य पृष्ठ