राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुन्छ : ओली

६ भाद्र २०७५, बुधबार ११:१५

भदौ ६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र सहकार्यबाट मात्रै समृद्ध नेपाल सम्भव हुने बताएका छन् ।

मुश्लिमहरुको चाड बकर–इद (इदुल जोहा) को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकता र सहकार्यको उच्चतम अभ्यासबाटै नेपालीले खोजेको समृद्धि हासिल हुने बताए ।

नेपाल बहुसंस्कृति, जातजाति भेशभूषा र परम्पराको विविधताले भरिएको भन्दै उनले बकर इद पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।