काठमाडौं आईपुगे मोदि र हसिना, दुवैलाई ‘जेड प्लस’ सेक्युरिटी

१३ भाद्र २०७५, बुधबार १२:०३

नेपालमा पहिलो पटक हुन गईरहेको चौथो बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र बंगलादेशका प्रधामन्त्री शेख हसिना वाजे बुधबार विहान काठमाडौं आई पुगेका छन् । उनीहरु दुबैलाई सुरक्षाका दृष्टिले अति संवेदनशील रहेका भन्दै ‘जेड प्लस’ सेक्युरिटी दिईएको छ । उनहिरुलाई एउटै तहको सबैभन्दा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आउन लागेका मोदी र हसिनासहितका विशिष्ठ पाहुना र कार्यक्रम स्थलको सुरक्षामा आधुनिक हतियार बोकेका सेना, शसस्त्र र नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गरी करिब १० हजार सुरक्षाकर्मी बर्दी र सादा पोशाकमा खटिनेछन्।

मोदीको सुरक्षाका लागि भारतबाटै आएका स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) का करिब २७ जना कमाण्डो ‘जेड प्लस’ तहमा तैनाथ हुनेछन्। ती कमाण्डोमध्ये एक दर्जन बढी नेपाल आइसकेका छन्। मोदीलाई अति नजिकबाट सुरक्षा दिने कमाण्डो दस्ता उनीसँगै विशेष विमानबाट बिहिबार बिहान काठमाडौं ओर्लने छन्।

२५ देखि २७ जनासम्मको दस्ताले अति नजिकबाट खुलास्थानमा सुरक्षा दिने प्रक्रियालाई ‘जेड प्लस’ तहको सुरक्षा मानिन्छ। गृहमन्त्रालयका सुरक्षा अधिकारीका अनुसार बिमस्टेक सम्मेलनको क्रममा उच्च सुरक्षा चुनौती रहेको मानिएका दुई देशका सरकार प्रमुखलाई मात्र यस्तो उच्च तहको सुरक्षा दिन लागिएको हो।

मोदीको सुरक्षा प्रयोजनका लागि दुई थान बुलेटप्रुफ गाडी पनि काठमाडौं ल्याइसकिएको छ।

नेपालखबरले प्राप्त गरेको सुरक्षा योजना अनुसार दिल्लीबाट आउने कमाण्डो दस्ता २४ घण्टा नै मोदीसँगै रहने छ भने नेपाल सरकारले उनको सुरक्षाको पहिलो घेरामा नेपाली सेना समेत खटाउने छ। मोदी करिब ३० घण्टा मात्र काठमाडौंमा रहने छन्, त्यो समय उनी सहभागी हुने बिमस्टेक सम्मेलन स्थल र रिट्रिट सेन्टरमात्र अहिले खुलाइएको छ। उनले काठमाडौं उपत्यकाभित्र र नजिक रहेका धार्मिक स्थलमा जाने इच्छा देखाए लैजाने तयारी समेत भइरहेको छ। शुक्रबार मोदी साढे ८ बजे दिल्ली फर्कने समय तय गरिएको छ।

मोदीको सुरक्षाको सम्पूर्ण अनुगमन र निर्देशन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हेर्दै आएका छन्। बिमस्टेक सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी हुने गरी डोभाल मोदीसँगै काठमाडौं आउने बुझिएको छ।

बंगलादेशका प्रधानमन्त्री हसिना पनि आफ्नै स्पेशल सेक्युरिटि फोर्सेस (एसएसएफ) को कमाण्डो दस्तासहित बिहिबार बिहान नै काठमाडौं आउँदै छन्। बंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री र विदेशबाट जाने विशिष्ठ पाहुनाको सुरक्षार्थ खटिने यो विशेष सुरक्षा दस्ताका सदस्य हसिनासँगै विशेष विमानमा नेपाल आउन लागेका हुन्।

चुनावी तयारीको चटारोकाबीच बिमस्टेक सम्मेलनमा सहभागी हुन समय निकालेकी हसिना काठमाडौंमा करिब २६ घण्टा मात्रै रहनेछन्।