कञ्चनपुरमा आन्दोलनकारीमाथि गोली प्रहार, सातजना घाईते

७ भाद्र २०७५, बिहीबार १८:५५

बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारालाई प्रहरीले संरक्षण दिएको भन्दै आन्दोलन लगातार आन्दोलन चर्किरहेको छ । प्रहरीले हत्यारालाई कार्वाहि गर्नुपर्ने माग गर्दै यहि साउन ११ गतेबाट चर्केको आन्दोलनले उग्ररुप लिँदा गोली चलेको छ । गोली कसलले चलायो भन्ने खुल्न सकेको छैन् ।

स्थानीयले प्रहरीले मानसिक सन्तुलन गुमेको कृतिक अभियुत्तलाई खडा गरेर घटनाका दोशीलाई छुपाउन खोजेको आरोप लगाएका छन् । उता प्रहरीले भने आफुले गोलि नचलाएको र कसैलाई पनि गोली चलाउने आदेश नदिएको बताएको छ ।

आन्दोलनको् क्रममा गोली लागेर तिर्थ पनेरु, कैलालीका सन्तोष कडरिया, भासीका तेज भट्ट रहेका छन् । घाईतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको छ । यतिबेला कञ्चनपुरको महेन्द्रनगर बजारसंगै सुड, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्र रहेका छन् । आन्दोलनकारीहरुले ठाउँठाउँमा टाएर बालेर प्रदर्शन गरिरहेका छन् ।