खुलेन कलंकी अण्डरपास

८ भाद्र २०७५, शुक्रबार ०८:२७

सडकमा हुने जाम कम गर्न र धुवाधुलो कम गर्ने उद्देश्यका साथ बनाईएको कलैकीको अन्डरपास सञ्चालनमा नआउदा स्थानीयको सस्ति कम हुन सकेको छैन् । स्थानीयले अन्डरपास सञ्चालनमा आएपछि धुलोधुवाँबाट छुटकारामात्र नभई ट्राफिक जाम कम हुने अपेक्षापनि गरेका थिए । यहि भदौ १ गतेबाट सञ्चालन गरिएको कलंकी अन्डरपास केहिदिन मात्र चल्दा यात्रु र गाडि चालकले कलंकीमा हुने जाम्बाट केहिदिन थोरै भएपनि छुटकारा पाएका थिए ।

तर, पुन बन्द गरिएपछि यात्रुको समस्या अझ उस्ते बनेको छ। अन्डरपासको निर्माण कार्य सबै सम्पन्न हुन नसकेका कारण पुन बन्द गरिएको हो । अण्डरपास परीक्षणको लागि नभई गाडी गुड्नयोग्य भइसकेकाले खुला गरिएको थियो । फेरि चिनियाँ पक्षले फिनिसिङ, सिमेन्ट पुटिङदेखि अन्य काम पनि गर्न बाँकी रहेकोले केही दिन बन्द गर्नुपर्ने भनेकाले बन्द गर्नुपरेको हो ।’

अण्डरपास खोल्दा कलंकीदेखि बल्खुसम्म बन्दै गरेको सडक निर्माणमा समस्या आउने भएकाले पनि एक हप्ता जति बन्द गर्न लागिएको हो । काम सकेर केही दिनमा अण्डरपास खुलाउने तयारी भएपनि विधिवत उद्घाटन भने पछि मात्रै हुने आयोजनाले जनाएको छ ।