जिल्ला अधिकृत माथि अन्जानव्याक्तिद्वारा छुरा प्रहार, अवस्था गम्भिर घाईते

७ भाद्र २०७५, बिहीबार ०९:०९

रामेछापका जिल्ला समन्वयन विकाश समितीका कार्यक्रम अधिकृत अधिकृत नारायणप्रसाद सुवेदीलाई अन्जान व्याक्तिले छुरा प्रहार गरेका छन् । सुवेदीलाई गएराति अन्जान व्याक्तिहरुको समुहले छुरा प्रहार गरेको हो ।

गएराति ९ बजेको समयमा मन्थली नगरपालिका –१, मच्छेडाँडी स्थीत घरमा सुतिरहेको अवस्थामा उनमिाथि छुरा प्रहार भएको हो । त्यो बेला उनले घरमा फेसबुक चलाएर बसिरहेका थिए । अचानक कोठामा नचिनेको व्याक्ति पसेर अधिकृतको पेटमा छुरा प्रहार गरेको हो । कोठामा एक्लै बसिरहेको अवस्थामा छुरा प्रहारपछि सुवेदी चिच्चाएको र घरको अर्को कोठामा टिभी हेर्दै बसेकी उनकी श्रीमतीले थाहा पाएकी थिईन ।

घटनापछि स्थानीयहरुले प्रहरीमा खबर गरेका थिए । उनलाई गएराति नै मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । उनको अवस्था गम्भीर रहेको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा. सुमन कर्माचार्यले जानकारी दिए ।

घटनापछि रातिदेखि नै घटनास्थल वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । घटना कुन अपराधिक समूहले घटाएको हो भन्ने कुनै एकीन हुन भने सकेको छैन् । घटनामा संलग्न अपराधी चाँडै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।