निर्मला हत्या प्रकरणले लियो उग्र रुप, महेन्द्र नगर तनाबग्रस्त

६ भाद्र २०७५, बुधबार १५:२४

भदौ ६, २०७५ कञ्चनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय किसोरी निर्मला पन्त प्रकरणले कञ्चनपुर तनाबग्रस्त बनेको छ । कञ्चनपुरको भिमदत्तनगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तलाई केहि समय पहिले बलात्कार पछि हत्या गरेर फालेको अवस्थामा शब फेला परेको थियो । तर, उनको हत्इा कसले गर्यो भन्ने हाल सम्म खुल्न नसकेका कारण हत्यारा पत्ता लगाउन दबाब दिन महेन्द्रनगर तनाबग्रस्त बनेको हो ।

बुधबार बिहानैबाट प्रदर्शनमा उत्रिएका स्थानीयले महेन्द्रनगरमा टेलिकम कार्यालय नजिकै रहेको प्रहरी बिट जलाइदिएका छन् भने प्रहरीको बा १ झ ७३६५ नं को गाडी तोडफोड गरेका छन्।

प्रहरीले भिड तितरबितर पार्न दर्जनौ‌‌ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीको लाठी चार्ज र अश्रुग्यासबाट दुई जना स्कूले विद्यार्थीसहित केही प्रदर्शनकारी घाइते भएका छन्।

सदरमुकाम महेन्द्रनगर बजार मंगलबारदेखि नै ठप्प छ भने आजको प्रदर्शनले अझै उग्ररुप लिएको छ।
स्थनीयबासी र व्यापारीहरुसहित महेन्द्रनगर आसपासका विभिन्न स्कूलबाट विद्यार्थीहरु स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन्।

बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न महेन्द्रनगरमा लगातार प्रदर्शन हुँदै आएकोमा प्रहरीले एकजना हत्या आरोपी सार्वजनिक गरेपछि प्रदर्शनले थप उग्ररुप लिएको हो। ‘वास्तविक हत्यारा’ पत्ता लगाउन माग गर्दै जिल्ला प्रशासन अगाडि भेला भएका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

आन्दोलनकै दबाबमा घटनाको २६ दिनपछि सोमबार प्रहरीले भीमदत्त–१९ बागफाँटका ४१ वर्षिय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त किटान गर्दै सार्वजनिक गरेको थियो। तर, प्रहरीले सार्वजनिक गरेको अभियुक्तप्रति स्थानीयले विश्वास गर्न सकेनन्। मानसिक सन्तुलन गुमाएका कमजोर ब्यक्ति बलात्कारी र हत्यारा हुन नसक्ने स्थानीयको दाबी छ।

प्रहरीले वास्तविक अभियुक्त पत्ता नलगाएर आफूहरूलाई झुक्याएको भन्दै मंगलबारदेखि स्थानीयले उग्र प्रदर्शन गरेका हुन्।