पुनः फन्दामा विप्लव समूहका प्रवक्ता

७ भाद्र २०७५, बिहीबार १९:०३

विप्लव समुहका प्रवक्त खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) फेरी प्रहरीको फन्दामा परेका छन् ।

बिहीबार सर्वोच्च अदालतले दिएको आदेश अनुसार रिहा भएका विश्वकर्मालाई प्रहरीले फेरी पक्राउ गरेको हो ।

प्रहरीले भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनको संलग्नता रहेको भन्दै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै भोजपुर लगिनेछ ।

यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।