यसरी सुरु भएको थियो अछाममा पर्यटन विकाशको यात्रा

१४ भाद्र २०७५, बिहीबार १०:०६

लाल बहादुर वि.क

प्रकृतिको अनुपम वरदान एवं सुदुरपश्चिमै सबैभन्दा धेरै आकर्षक तथा भौगोलिक वनावटको दृष्टिकोणले अति सुन्दर र रमणीय स्थलहरुले भरिभराउ अछाम जिल्ला आफैमा एक ईश्वरको बरदान हो । समुन्द्र सतहबाट ५४४ मिटर देखि ४१६८ मिटरको उचाईमा छ । यस जिल्लाको क्षेत्रफल १,६८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । अछाम जिल्लामा रामारोशन र खप्तड लगायतका मनोरम दृष्यका धनी पर्यटकिय क्षेत्रहरुले सजिएको छ । अछामको पूर्वमा कालिकोट, पश्चिममा डोटी, उत्तरमा बाजुरा र दक्षिणमा दैलेख रहेको छ । अछाममा कर्णाली, सेती, बृद्धगंगा, कैलाश खोला, भानाकोट गाड, रामारोशन ताल, चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसि खोला, तालागाड खोला र चिल्ताडागाड खोला लगायतका जल सम्पदाहरू रहेका छन् ।


मध्यम स्तरको हावापानी पाईने अछाममा जिल्ला ४ वटा नगरपालिका नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । २ संसदीय क्षेत्र रहेको यस जिल्लामा ४ वटा विभिन्न जातजातीहरुको समान वसोवास रहेका अछाम जिल्ला सांस्कृतिक विविधता, जैविक विविधता प्रचुर मात्रामा प्रकृतिक सम्पदा नदी, जंगल, पोखरी, सिमसार जस्ता सम्पदाहरुले भरिपूर्ण जिल्ला इलाम, सिंगो देशको समृद्धिका निम्ति आर्थिकभर तथापर्यटकीय सम्भावना रहेको छ । यहाँका हरेक स्थानीयतहहरुले विकाशको अबधारणा ल्याउन सके सबै क्षेत्रको उत्तिकै सम्भावना रहेको छ ।

नेपालको प्रदेश–७ मा अवस्थित अछाम जिल्ला प्राकृतिक अनुपम र भौगोलिक वनावटको दृष्टिकोणले अति सुन्दर स्थान हो । यहाँको विकाश हुन सके आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि एक महत्वपूर्ण गन्तव्य स्थल बन्ने छ । प्राकृतिक सौन्दर्यका साथ साथै धार्मिक, सांस्कृतिक, प्राकृतिक जैविक विविधता सम्पदाहरुले भरिभराउ रहेको अछाममा खप्तड र रामारोशन मुख्य क्षेत्रहरु हुन । राज्य तहबाटै पछाडि पारिएको अछाम जिल्लामा पर्यटकहरुका लागी राम्रो बासस्थानको व्यवस्था गरेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि गराउन सकिन्छ । प्रकृतिक स्रोतको धनी अछामलाई पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माण विकास गरिएमा पर्यटकहरुको आगमनमा बृद्धि हुनेछ ।

यसरी आउने पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले सुविधा सम्पन्न होटल, लज, रेष्टुरेण्ट तथा स्वच्छ वातावरण स्थानीय प्राकृतिक र धार्मिक स्थलहरुसम्म पुग्न र भ्रमण गर्न सहज र सुविधाजस्ता आधार सु—व्यवस्थित गर्न सके अछाम जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुने र यसले आर्थिक रुपमा पनि प्रत्यक्ष फाईदा पुग्ने जनाईएको छ । अछामको विकाश र समृद्धिको लागी सरकार कटिबद्ध भएर लाग्ने हो भने उक्त जिल्लामा विकाशको प्रचुर सम्भावना रहेको छ ।

यसरी सुरु भएको थियो अछामका पर्यटन क्षेत्रको समृद्धिको यात्रा

अछाम जिल्ला पर्यटकिय हिसाबले राम्रो सम्भावना बोकेको जिल्ला हो । अछाम चारैतिरबाट पर्यटकिय क्षेत्रहरुले घेरेको जिल्ला हो । अछामलाई पुर्व उत्तर तिर रामारोशन र उत्तर पश्चिमबाट सप्तड जस्ता महत्वपुर्ण पर्यटकिय क्षेत्रहरुले घरेको छ । उनीहरुको आफ्नै विशेषता र महत्व रहेको छ । ति क्षेत्रहरुलाई हामीले विकाश गर्न सकेको खण्डमा हाम्रो जिल्लालाई अन्य जिल्लाहरुसंगै छिमेकी देशहरुसंग जोड्न मिल्ने त्यहाँका सांस्कृतिक र धार्मिक धरोहरहरुलाई विश्व सामु चिनाउनको लागी व्यापक प्रचार प्रसार गर्न सक्यौ भने स्वभाविक ढंगले अछामी जनताको दिचर्यामा परिवर्तन गर्न सकिने छ । यसले आर्थिक विकाश तर्फ पनि अछामी जनतालाई प्रत्यक्ष रुपमा अगाडि बढादै लैजाने छ ।

केहि समय पहिले खास गरेर खप्तड र रामारोशनलाई केवल खप्तड र रामारोशनको नामले लिने गरिन्थ्यो । यी क्षेत्रहरुलाई पर्यटकिय स्थलको रुपमा लिईदैन थियो । त्यतिबेला त्यसको सम्भाव्यताको खोजीका निम्ति कस्ेले चाँसो समेत लिएको थिएन् । जब २०५१ सालमा तत्कालीन नेकपा एमालेको मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो त्यो सरकारमा अछामबाट पनि नेतृत्व पाईयो । तत्कालीन एमाले उपाध्यक्ष भिम रावल नागरि उड्यान राज्यमन्त्रीको रुपमा त्यो सरकारमा नेत्व गर्नुभयो । उहाँले पर्यटकिय स्थलको खोजी गर्ने क्रममा रामारोशन र खप्तडको डकुमेन्ट्री बनाउने र त्यसलाई संसारका सबै देशहरुमा चिनाउने । जहा पर्यटनप्रति चाँसो राख्नछन् । पर्यटनको महत्व दिन्छन् । त्यस्ता देशहरुसंग एकाकार गर्ने गरि डकुमेन्ट्री बनाउनु भयो । पर्यटन मन्त्रालयबाट बजेट समेत विनियोजन गर्न लगाउनु भयो । कर्ण थापाको नेतृत्वमा एउटा टोली आएर त्याहाँको डकुेन्ट्रसन र खोजी गरेर प्रचास प्रसार सुरु गरियो ।

रामारोशन तडिगैरा गाउँविकाश समिती अन्र्तगत पथ्र्यो । तत्कालीन गाउँविकाश समिती अध्यक्ष सेर बहादुर साउँदको अगुवाईमा डेलिगेसन ल्याईयो । यसपछि तत्कालीन नागरि उड्यान मन्त्री भिम रावलले त्यसलाई मन्त्री परिषदमार्फत रामारोशन गाविसको रुपमा पास गराएपछि अहिले गाविस हुदै रामारोशन गाउँपालिकाको रुपमा स्थापित भएको छ ।

जसलाई संसारका विभिन्न देशहरुमा पनि पठाईयो । त्यहाँ पुग्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले एउटा बुक लिडर पनि बनाईयो । जसलाई नेपाली अंग्रेजी दुबै भाषमा ट्रासलेट गरियो । त्यो बेला रामारोशन गाविस थिएन । रामारोशन तडिगैरा गाउँविकाश समिती अन्र्तगत पथ्र्यो । तत्कालीन गाउँविकाश समिती अध्यक्ष सेर बहादुर साउँदको अगुवाईमा डेलिगेसन ल्याईयो । यसपछि तत्कालीन नागरि उड्यान मन्त्री भिम रावलले त्यसलाई मन्त्री परिषदमार्फत रामारोशन गाविसको रुपमा पास गराएपछि अहिले गाविस हुदै रामारोशन गाउँपालिकाको रुपमा स्थापित भएको छ । त्यो बेला २ लाख बाटो निर्माणमा भनेपछि धेरै बजेट हुने गथ्र्यो । त्यतिबेला ५ हजार, १० हजार रुपैयाको लागी विन्तिभाहु गर्ने अवस्था थियो । त्यो बेला मन्त्रालयबाट २ लाख ५० हजार रुपैया बल्ले खोला देशी किनिमिनी मैदान सम्म जोड्ने गोरेटो बाटो निर्माणको अवधारणा ल्याईयो । त्यो गोरेटो बाटोको निर्माण र स्तरोन्नतीको लागी छुट्याइयो । त्यो बेला बल्लेखोलाबाट सनान गाउँ जादाखेरी मालुका रला(स्थानीय भाषाको नाम) मालुका लहराहरुमा झुण्डिएर जानुपर्ने बाध्यता थियो । जसमा कैयौले लहराबाट केलाश खोलामा खसेर खोलाले बगाउदा अकालमै ज्यान समेत गुमाएका छन् ।

यसलाई २०५१ र ५२ सालमा गारेटो बाटोको रुपमा विकाश गरियो । त्यसपछि म आफै संसद भए त्यो बेला त्यस क्षेत्रको विकाशको लागी १० लाख रुपैया बजेट केन्द्र सरकारबाट विनियोजन गराईयो । पछि त्यस क्षेत्रलाई अन्य क्षेत्रहरुसंग जोड्नको लागी पुर्व तर्फ विनायक कालापानी र बाटुलासेन रामारोशन लैजानु पर्छ भनेर देशभरिमा ११ वटा पर्यटकिय सडक सरकारले प्रस्ताव गरेको थियो ।

जसमा २ वटा सडक म आफैले अछाममा लिएको थिए । एउटा विनायक कालापानी बाटुलासेन रामारोशन अनि अर्को साँफेबगर बुढाकोट हुदै खप्तड सम्म ति दुईवटै सडकमा तत्काल ११ हजार रुपैया सरकारलाई नियोजन गर्न लगाईयो । त्यसपछि त्यो पैसा २२ लाखहुदै ४४ लाख सम्म पुग्यो । तर, यसको सहि सदुपयोग नहुँदा अहिले सम्म पनि रामारोशन जोड्ने सडक अलपत्र अवस्थामै छ । यसले शान्तडाको कालापनी पनि टच गर्न सकेको छैन् । उता खप्तडको सडक बुढाकोट भन्दा माथी पुग्यो । यो सडकलाई त्यहि सम्म लिने प्रयास थियो । यो पटकपनि रामारोशन ट्रयाक पर्यटन मार्गको लागी २ करोडको माग गरिएको छ ।

मानिसहरुले स्याउला छरेर, घोडाका हड्डी देखाएर पैसा खाने माध्यम मात्र बनाए । हामीले यसलाई तोड्न सकेनौ ।

यसपछि पनि पर्यटन विकाशको लागी खप्तड विकाश समितिमा ५ लाख १० लाख बजेट आउने गरेको छ । अछाममा तत्कालीन मन्त्री हिसिला यमिको पालामा पनि ८ करोड रुपैया सविनियोजग गर्न लगाईयो । त्यो बजेटको दुरुपयोग मात्र भयो । अहिले सम्म पनि यसको खिस्सा छ । मानिसहरुले स्याउला छरेर, घोडाका हड्डी देखाएर पैसा खाने माध्यम मात्र बनाए । हामीले यसलाई तोड्न सकेनौ ।यदि तोड्न सकेको भए त्यो ८ करोडको हामीले ठिक ढंगले सदुपयो गरेको भए विकाशमा लगाएको भए ।अछाम आर्थिक क्षेत्रमा बलियो र विकशीत भैसकेको हुने थियो । यसैले बजेटले मात्र नभई स्थानीयहरुको चाँसो पनि रहनु पर्नेछ ।

सुदुरपश्चिम त्यसमा पनि अछामलाई सधै राज्यले सौतनी व्यवहार गर्दै आएको छ । समृद्धिमा पाईला टेकी सकेको अछाम जिल्लामा भर्खरै मात्र हवाई जहाज उड्न थालेको थियो । त्याहाँ पिच बाटो पुग्यो । तर, सरकारले त्यहाँका स्थानीयलाई थाहा नै नदिई चोरीको शैलीमा टावरका ईकुमेण्टहरु चोरको शैलीमा (छापामार शैलीमा) तत्कालीन सरकारले प्लेनमा हालेर काठमाडौंm ल्याईदियो । त्यो त्यहाँ नेता र स्थानीय कसैलाई पनि थाहा थिएन् ।

सरकारले लिईसकेपछि त्यसलाई लिन कठिन भयो । जब २०७० को चुवानमा तत्कालीन एमाले उपाध्यक्ष भिम रावलले चुनाव जितिसकेपछि साफेबगर विमानस्थललाई पिच गराउने प्रकृया अगाडि बढ्यो । अहिले भर्खरै पिच सम्पन्न भएर टेष्ट फ्लाईट भएको छ । समिट एअरले आफ्नो फ्लाईट अछाम लिनको लागी तयार भएको छ । साथै पर्यटनमन्त्री रविन्द्र अधिकारीले पनि सबै तयारी पुरा भईसकेकोले टिकटको दररेट निर्धारण गर्न मात्र रहेको छ । जब सम्म जहाज अछाममा ल्याण्ड हुदैन तब सम्म मैले घचघच्याई रहने छु ।

(राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरसंग गरिएको कुराकानीको आधारमा तयार पारिएको)

नेपालका सयवटा गन्तब्य मध्य अछाम पनि एक हुनुपर्ने मागः यज्ञ बोगटी प्रतिनीधी सभा सदस्य अछाम

प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भएलगत्तै अहिलेको सरकारले समग्र मुलुकको समृद्धिका लागी तदरुकताका साथ लागीहेको अछाम क्षेत्र नः २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य यज्ञ बोगटीले बताएका छन् । खास गरेर सरकारले शिक्षा, स्वास्थ्य, सडक, सिँचाई तथा तठबन्धनका कुराहरुलाई प्रमुख प्राथमिकतामा राखेको उनले बताएका छन् । अछाम जिल्लालाई नेपाल भित्रा धेरै पर्यटकहरुलाई भित्र्याउन सक्ने ठाँउको रुपामा पनि विकाश गरिने उनले बताए । यस्ता विभिन्न् आकर्षक ठाउँहरु अछाममा रहेको तर, प्रचार प्रसारमा अभावले आझेलामा परेको उनले बताए । अछामका धेरै सम्भावना बोकेका ठाउँहरुको पहिचान गरि पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्नका निमित्त पर्यटन मन्त्रालयमा माग राखेका छौ ।

रामारोशन जस्तो महत्वपुर्ण प्राकृतिक सौन्दर्यको धनी ताल, नदि, झरना रहेको छन् । यस्तै बैधनाथ क्षेत्र, जिम्नाणि, पञ्चदेवल विनाएक क्षेत्र, बारलाको कुईकेली माईको क्षेत्र, तुर्माखाँदको तितौडा लगायतको ठाउँहरुले अछाम जिल्लालाई आर्थिक तथा पर्यटकिय हिसाबले अगाढि बढाउने बताए । अहिले यी पर्यटकहरुको पुर्वाधार निर्माणका निम्ति सरकारसंग माग गरिएको छ । अछाममा पञ्चदेवल विनाएक जस्ता देवलहरु अन्य ठाउँहरुमा भएपनि ति देवलहरु संरक्षण अभावमा ओझेलमा परिरहेको यिनीहरुको पनि खोजी गरि सरकारसंग विकाशका लागी माग राखीने उनले बताए ।

अछामबाट निर्वाचित सांसदहरुको पहलमा अहिले पर्यटन विकाशको लागी सरकारसग माग गरिएको सांसद बोगटिले बताए । तत्कालीन एमाले नेता मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकार भएको बेला रामारोशनलाई पर्यटन क्षेत्रको रुपमा चिनाउनका लागी डकुमेन्ट्री तयार पारेर विकाशका लागी प्रकृया अगाडि बढाएपछि त्यसपछि विभिन्न समयमा बनेका सरकारले पर्यटन विकाशको लागी पहल कदमी अगाडि बढाई रहेको छ ।

२२ से चौविसे राजाको पालाको मंगलसेन दरवार हेर्न पर्यटकहरु भित्र्याउन पुरातत्व विभाग र भव विभागबाट टेण्डर आब्हान गरेर शहरी विकाश मार्फत काम अगाडि बढाएको चौध बर्ष वित्न लाग्दापनि सम्पन्न हुने सम्बावना नदेखीएपछि आफुले निर्वाचित भएलगत्तै सरकारको ध्यान आकर्षण गराएको सांसद बोगटिले बताए ।

अछाम विकाश गतिमा अगाडि बढिरहेको छ । जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन् । हामी पनि त्यसलाई तिब्रता दिलाउन अथक मेहेनत गरिरहेका छौ । अछामलाई एक उदाहरणिय क्षेत्र बनाउनका लागी प्रयत्न गरिरहेका छौ । अबको पाँच वर्ष भित्र अछाम धेरै अगाडि बढ्ने सांसद बोगटिले जनाएका छन् । यस्तै बोगटिले अछाम दरबार पर्यटकहरुको आकर्षण बढाउने धरोहरु रहेको छ । २२ से चौविसे राजाको पालाको मंगलसेन दरवार हेर्न पर्यटकहरु भित्र्याउन पुरातत्व विभाग र भव विभागबाट टेण्डर आब्हान गरेर शहरी विकाश मार्फत काम अगाडि बढाएको चौध बर्ष वित्न लाग्दापनि सम्पन्न हुने सम्बावना नदेखीएपछि आफुले निर्वाचित भएलगत्तै सरकारको ध्यान आकर्षण गराएको सांसद बोगटिले बताए । सांसद बोगटिले दरवार निर्माण गर्न ढिलाई गर्ने ठेकादारलाई कार्वाहिको माग गर्दै दुईतिन पटक सदनमा कुरा उठाएपछि सरकारको ध्यान आकर्षण भएको छ ।

असिहले जसरी निर्माणको काम अगाडि बढिरहेृको छ । त्यहि रफ्तारमा काम अगाडि बढ्ने हो भने आउदो माघ फागुन सम्म काम सम्पन्न भैसक्ने बोगटीले तबाएका छन् । अछामको समग्र रुपमा समृद्धि गराउनको लागी हामीले विगतमा टेण्डर भएका तर पुरा नभएका आयोजनाहरुलाई पनि पुरा गराउनमा सरकार लागीपरेको उनले बताए । सरकारले पनि युवाहरुलाई स्वरोजगार निति अबलम्बन गरेर अगाढि बढिरहेको हुँदा कृषि क्रान्ति मार्फतपनि अछामलाई समृद्धिको दिशामा लैजाने गरेर अहिलेको रणनितिक योजना तयार पारिएको छ । अबको पाँच वर्ष भित्र करिब ५० लाख युवाहरुलाई नेपालमै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीमा जोड्ने सरकारको निति रहेको उनले बताएका छन् ।

अब विदेशमा रहेका युवाहरुलाई नेपालमा भित्र्याउन सोहि अनुसारको बोनस कार्यक्रमहरु सरकारले भित्र्याउने लक्ष्य लिएको छ । युवाशक्तिलाई विदेश बनाउन नभई नेपाल बनाउनको लागी प्रयोग गर्ने गरि अहिलेको रणनितिक योजना तयार पारिएको छ । विदेशमा पाउने पारिश्रमि भन्दा राम्रो र आकर्षित स्वरोजगार सिर्जना गर्न र यसलाई रोक्नको लागी अछाम जिल्लालाई आलुको पकेट क्षेत्र बनाउने निर्णय गरेको छ ।

युवा स्वरोजगार तथा पर्यटन विकाशलाई केन्द्रले मात्र हेरेर सम्भव नहुने भएकाले स्थानीय तह र प्रदेशले पनि उत्तिकै भुमिका खेल्नु पर्ने हुन्छ । यसको लागी स्थानीय तहले आफ्ना निति तथा योजनाहरु त्यार पारेर युवालाई स्वरोगार सिर्जन ागर्न जरुरी रहेको छ । अहिले मंगलसेन नगपालिकाले गरेको काम अछामका सबै स्थानीयतहहरुले सिक्न जरुरी रहेको छ । मंगसेनले करिब ७ सय युवाहरुलाई निर्माण दस्ताको रुपमा खडा गरेको छ । उनीहरुले नगपालिकाका सबै कामहरुलाई जिम्मेवारीका साथ बहन गर्ने छन् । यसले एकातिर राज्यलाई पनि फाईदा युवाहरुलाई रोजगार र अर्को तिर विकाशको क्षेत्रमा पनि सुधार हुने भएकाले अछामका १० वटै स्थानीयतहहरुले यस्तै खालका कामहरुलाई तिब्रता दिन जरुरी रहेको छ ।

अहिले शिक्षित युवाहरुलाई सहुलियत ऋणको व्यवस्था गरेको छ । अहिले अछाममा यातायात सुविधा सुधारिदै छ । सेति लोकमार्गको बारेमा पनि संसदमा आवाज उठाई रहेका छौ । यसको निर्माणको लागी अहिले सरकारले चालिस करोड रुपैया सेति लोकमार्गमा विनियोजन गरेको छ । यसले मात्र पर्याप्त नभएकाले अलि विस्तार गर्नु पर्ने जनाईएको छ । यसलाई कैलालीबाट पनि अगाडि बढाउनु पर्ने, अछाम खण्ड, डोटी खण्ड र बैतडि खण्डलाई पनि अगाडि बढाउन हामीले माग राखेका छौ ।

बजेटको विनियोजन गरे अनुसार ठेकेदारले काम गर्न सकेको खण्डमा अझ बजेट पर्याप्त मात्रामा विनियोज गरिने बारेमा सरकारको ध्यान आकर्षण गराईएको छ । साथै उक्त सडकलाई प्रमुख सडकको रुपमा पनि लिईएको छ । साँफेको एअरपोर्टमा स्थानीयको माग कस्तो रहन्छ । सोहि अनुरुप कमलबजार एअरपोर्टको कामलाई अगाडि बढाउने गरि हवाई मार्गको अबधारणा ल्याईएको छ ।

अहिलेको सरकारले पर्यटन समृद्धि तर्फ ध्यान दिईरहेको छैन्ः पुर्वराज्यमन्त्री गोविन्द बहादुर शाह

पर्यटकिय क्षेत्रको विकाश र प्रवर्धनको लागी खप्तड विकाश समितीको प्रारम्भीक गठन सामान्य किसिमले बन्थ्यो । तर, यसलाई दिर्घकालीन बनाउनको लागी बझाङ, बाजुरा, अछाम, डोटी लगायतका जिल्लाहरुका सांसदहरु सदस्य रहने गरि कानुनबाट कसैले अपहरित नगर्ने गरि खप्तड विकाश बनाईयो । त्यस्तै, पटक पटक आठ देखी दश करोड रुपैया सम्म बजेट खप्तड विकाशकाच लागी राखीएको थियो । रामारोशनका लागी २०५८ सालभन्दा पहिले नै रामारोशन सम्म पर्यटन मार्ग बनाईएको थियो । त्यसपछि अछाम जिल्लाका पर्यटकिय क्षेत्रहरुमा सडक निर्माणको हिसाबले तथा सडक सञ्जाल २०६४ को बस्तु स्थीति बाहे धेरै ठुलो आमुल परिवर्तन अछाममा केहि पनि भएको देखीदैन् । पछि तत्कालीन माओबादीले २०५८ पछि अछाममा आक्रमण गर्दा पर्यटकिय क्षेत्रको संरक्षणमा अझ निरासा जनक स्थीति सिर्जना भयो । अहिले पनि पर्यटनहरुलाई उचित बास्थानको व्यवस्था हुन सकेको छैन् ।

खप्तडमा जति हुनुपर्ने थियो त्यति विकाश हुन सकेको छैन् । रामारोशन जोड्ने सडक सुधार हुन सकेको छैन् । पर्यटकिय क्षेत्रको हिसबले अछाममा अझै राम्रो हुनुपर्ने थियो । तर, त्यस्तो हुन सकेको छैन् । टेलिफोन सुविधाको भर्खरै मात्र सुचारु ग्रिएको छ। यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन् ।

अहिलेको सरकारले अछामका पर्यटकिय क्षेत्रको विकाश तर्फ ध्यान नदिएको उहाँको भाई छ । यस्तै उले तत्काली नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पर्यटमत्री केहि गरेको आरोप समेत लगाएका थिए । यस्तै शाहाले आफ्नो पार्टि सरकारमा रहदा सधै अछामको समग्र विकाशका लागी अहोरात्र खटिएको बताएका छन् । पर्यटकिय क्षेत्र विकाशका लागी अछाम जिल्लाका सबै स्थानीय तहहरुले विकाश तर्फ ध्यान दिन सुझाव दिएको थिए । साथै यहाँको संस्कृतीको सम्बर्दन तथा प्रर्वधन तर्फपनि एकरुपताका साथ विकाश गर्नुपर्ने धारणा ब्याक्त गरेका थिए ।