छुट्टा छुट्टै दुर्घटनामा परि २ को मृत्यु, २ घाईते

५ भाद्र २०७५, मंगलवार ०९:०३

भदौ ५, २०७५ चितवन । चितवनमा छुट्टा छुट्टै दुर्घटनामापरि २ को मृत्यु भएको छ घने २ जना घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना ६ ख १८४८ नम्बरको ट्रकले ठक्कर दुई जनाको मृत्यु भएको छ । उनीहरुको नाम ठेगाना भने खुल्न सकेको छैन् ।
चितवन प्रहरीका अनुसार वीरगञ्जबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको गरेको ट्रकले ठेलामा पानी तान्ने पम्प लिएर गइरहेका दुई जनालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको रा १ ख १५७३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा किनारमा खसेको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा भएको दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएको प्रहरीले जनाएको छ।