सभामुख र उपसभामुखको विवाद; उच्च अदालतमा रिट दायर

१६ श्रावण २०७५, बुधबार १७:०९

साउन १६, काठमाडौं ।

कांग्रेसलेे सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेको छ ।

प्रदेश ५ कि प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रिना नेपाल विकले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेकी हुन् ।

पटक-पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको सांसद रिनाले बताइन् ।

रिटमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेशसभा सचिबालयलाई बिपक्षी बनाइएको छ । कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेव शर्माले प्रदेशसभामा पटक-पटक सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग गरेपनि सुनुवाई नभएपछि न्यायको खोजी गर्दै अदालत पुग्नु परेको बताए ।