शिशुको शव फेला ; ‘शिशु कसको हो र किन त्यसरी फालिएको हो ?

२८ श्रावण २०७५, सोमबार १३:२०

साउन २८, काठमाडौं ।

वीरगञ्ज महानगरपालिकामा एक शिशुको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोक नजिकै अन्दाजी ५ महिनाको शिशुको शव कुहिएको अवस्थामा फेला परेको हो ।

गण्डक चोक नजिकै फोहोर फाल्ने ठाउँमा प्लाष्टिकको झोलामा दर्गन्धित अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

‘सडिसकेको अवस्थामा शिशुको शव फेला परेको छ’ उनले भने, ‘शिशु कसको हो र किन त्यसरी फालिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको छ ।’