लाखौं घौटला गरी फरार सहकारीका मुख्य सञ्चालक पक्राउ

२१ श्रावण २०७५, सोमबार १६:३६

साउन २१, काठमाडौं ।

लाखौं घौटला गरी फरार प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेड मुख्य सञ्चालक ईश्वर श्रेष्ठ पक्राउ परेका छन् ।

विराटगर-९ बाटारोडमा रहेका सहकारीका मुख्य व्यवस्थापक श्रेष्ठलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष टोली परिचालन गरी श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता उवं प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिएका छन् ।

श्रेष्ठ बचतकर्ताले लाखौं अपचलन गरी फरार रहेका थिए । १३८ जनाले प्रहरीमा उजुरी दिएका थिए, त्यसअनुसार २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ व्यवस्थापनक श्रैष्ठले अपचलन गरेको देखिएको छ ।

प्रहरीका अनुसार सहकारीमा एक जना बचतकर्ताले १० लाख रुपैयाँसम्म बचत गरेको पाइएको छ ।