रणवीर सिंहलाई फिल्ममा लिइएपछि रणवीर कपुर फिल्मबाट व्याक हुने निर्णय गरे

२३ श्रावण २०७५, बुधबार १३:३९

साउन २३, काठमाडौं ।

बलिउडमा आजकाल दुई रणवीरको खुबै चर्चा हुन्छ । रणवीर कपुर र रणवीर सिंह । ‘पद्मावत’को सफलतापछि रणवीर सिंहको भाउ बढेको छ भने ‘सञ्जु’ को सफलताले रणवीर कपुरलाई सुपरस्टार बनाएको छ ।

यही मौकामा चर्चित निर्माता-निर्देशक करण जौहरले यी दुवै रणवीरलाई आफ्नो फिल्ममा खेलाएर मालामाल हुने योजना बनाए । तर उनको योजना असफल बनेको छ ।

यो त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मका लागि सुरुमा उनले रणवीर कपुरलाई अफर गरेका थिए । रणवीर कपुरले मौखिक सहमति पनि दिए । त्यसपछि उनले रणवीर सिंहलाई अर्को हिरोका लागि अफर गरे । उनले पनि स्वीकारे ।

तर, जब रणवीर सिंहलाई फिल्ममा लिइएको कुरा रणवीर कपुरले थाहा पाए, उनले फिल्मबाट व्याक हुने निर्णय गरे । व्यस्तताका कारण फिल्म गर्न नसक्ने उनले करण जौहरलाई बताए । तर, वास्तविक कारण अर्कै छ ।

खासमा रणवीर कपुर र रणवीर सिंहबीच ठ्याक मिल्दैन । यसको कारण हुन् दिपिका पादुकोण । दीपिकाको पहिले रणवीर कपुरसँग प्रैम थियो भने अहिले रणवीर सिंहसँग छ । यसैले रणवीर कपुर रणवीर सिंहसँग काम गर्न असहज मान्छन् ।

रणवीर कपुरले अस्वीकार गरेपछि निर्देशक जौहर अर्को हिरोको खोजीमा जुटेका छन् । समाचार अनुसार उनी रणवीर सिंहभन्दा कान्छो हिरो खोजिरहेका छन् । उनले यसका लागि बरुण धवनलाई छनोट गर्न सक्ने सम्भावना छ । बरुण पनि पछिल्लो पुस्ताका सफल हिरो हुन् ।