बन्न थाले भाङ र गाँजाबाट पनि बीयर

२० श्रावण २०७५, आईतवार १६:०४

साउन २०, काठमाडौं ।  एजेन्सी

गहुँ, चामल, जौ र अन्य अनाजबाट बनेका बीयर त धेरैजनाले चाखिसकेका छन् । तर भाङ र गाँजा जस्ता नशालु पदार्थबाट पनि बीयर बन्न थालेको छ ।

यस्तो बीयर क्यानडाबाट शुरूआत हुँदैछ । यसलाई बजारमा ल्याउने कम्पनी हेक्सोले यसलाई मारियुआना बीयर नाम दिएको छ ।

तर हेक्सोले बयान जारी गरेर यो बीयर नभई एक पेय पदार्थ भएको बताएको छ किनकि यसमा अल्कोहल छैन । तर यो एक बोतल पिएपछि मानिसले अर्को किन्नै पर्दैन किनकि त्यतिले नै झुम्म पारिदिन्छ ।

अमेरिकाको हेन्किन लेगायुनिटासले हालै गाँजाको स्वाद भएको पानीको बोतल पनि क्यालिफोर्नियामा लउन्च गरेको छ । अमेरिकामा चाहिँ बीयरको बिक्री स्वाट्टै घटेकाले पानीमा गाँजा हालेर बेच्न थालिएको हो ।

क्यानडामा यो प्रयोग सफल भएमा हेक्सोले यसलाई अमेरिका पनि पु–याउनेछ । अनि विश्वका अन्य देशमा पनि यसको आपूर्ति गरिनेछ ।

उता कोकाकोला कम्पनीले जापानमा पहिलो अल्कोहलयुक्त बेभरेज लउन्च गरेको छ । उक्त ड्रिंकमा तीनदेखि आठ प्रतिशत अल्कोहल हुने कोकाकोलाले बताएको छ ।

जापानमा यो उत्पादन सफल भएमा अन्य देशमा पनि यसलाई लउन्च
गरिनेछ ।