प्रेश काउन्सिल नेपालको सर्वत्र विरोध

१ भाद्र २०७५, शुक्रबार १७:४९

भदौ १ काठमाडौं ।

प्रेश काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रिका वर्गीकरण विवादित भएको छ । प्रेश काउन्सिल नेपालका सदस्यहरु असहमतिका विच सार्वजनिक गरिएको वर्गीकरणको प्रेश सेन्टर नेपाल, प्रेश युनियन नेपाल, प्रेश चौतारी प्रगतिशिल पत्रकार समाज नेपाल लगायतका संघ संस्था स्वतन्त्र पत्रकारहरुले विरोध जनाएका हुन् ।

 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले आज आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै प्रेश सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेश चौतारी का अध्यक्ष गणेश बस्नेत प्रतिवेदन नेपालका अध्यक्ष दिपक आचार्य , प्रगतिशिल पत्रकार समाजका अध्यक्ष नारायण शर्मा , पत्रकार एल एन सुवेदी लगायतका वक्ताहरुले प्रेश काउन्सिल नेपालले गरेको पत्रिका वर्गीकरणको तिव्र विरोध जनाएका छन् ।