प्रदेश २ का फरार राज्यमन्त्री शर्मा अदालतमा हाजिर भए

२८ श्रावण २०७५, सोमबार १३:५०

साउन २८, काठमाडौं ।

सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् ।

शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् ।

उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

शर्मा सुरक्षाकर्मीसहित अदालतमा उपस्थित भएका थिए भने हाल उनको १ नं. इजलासमा बयान लिने काम भइरहेको छ ।

उनको मुद्दामा आजै बहस हुने जनाइएको छ ।